दफा १३ख
कम्प्यूटरबाट प्रशोधित अभिलेख प्रमाणको रूपमा लिन सक्नेः
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अन्यथा प्रमाणित भएकोमा बाहेक विद्युतीय माध्यमबाट प्रशोधित वा विकास विभागले तोकेको अभिलेखलाई प्रमाणको रूपमा लिन सकिनेछ

(२) उपदफा (१) बमोजिमको अभिलेखको विवरण तथा तथ्याङ्क प्राप्त गर्ने, विश्लेषण गर्ने वा प्रशोधन गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।